रसायनशास्त्र प्रयोगशालाको त्यो अँध्यारो पल

कोठामा घामका किरण परिसक्दा पनि आखाँ खुल्दै खुल्दैनन्। भान्छाबाट मामु कराउनु हुन्छ, हेर आठ बजिसक्यो उठ्दैन त। होइन के गरी साइन्स पढ्छ यसले। 11मा त यति अल्क्षी थिएन नौ त बाबु । उठ्नु पर्दैन, कति अल्छी भएको बाबु अहिले? आमा गुनगुनाउदै आउनु भो छेउमा बल्ल हातको घडी हेरे आठ बजेर पाँच मिनेट भइसकेछ। ह्या मामु हिजो अलि थाके के त्यसैले।होइन बाबु आजभोली तिम्रो पारा देखीराछु सार्है अल्छी हुदै छौ आमाले भन्नुभयो। ओके मामु लु सरी अब देखी छिट्टै उठ्छु ल, मेरी प्यारी मामु गइस्यो भान्सामा फेरी तरकारी डड्ला नि म जुरूक्क उठे। नकरा मलाई मख्खाको हेरेन यसले, भो मख्खाउनु पर्दैन मामु अलि रिसाए झैँ ब्यक्त गर्दै हुनुहुन्थ्यो। मामुको कुरा नसुने झै गरी म वासरूम गए। फ्रेश भएर सिधैँ मेरा पर्खाइमा बसेको त्यो कुर्चीमा बसे। हातमा फिजिस्क बुक लिए। मलाई किन हो फिजिस्क सँग एउटा छुट्टै लगाब थियो। अरू पढ्न मन नलागे पनि फिजिस्क चाहिँ खुब पढ्थे। सरले आज पढाउने कुरामा फोकस गरे। हेरेर के सकेको थिए त्यतिकैमा मोबाइलमा नोटिफिकेसन आउछ , मनमा उत्सुक्ता पलायो हेरे कलेज रुटिन पो आएको रहेछ। फस्ट दुइ प्रेड नै ल्याब कस्तो मजा झन् त्यसैमाथि केमिस्ट्री।  सेकेण्ड नै लाग्थेन रियाक्सन सकिन। कुनै स्याम्पलमा कुनैकुरा एड मात्र गर्दा practical नै सकि हाल्ने। मामुले खाना खान बोलाउनु भयो। नौ बजि रहेको थियो खाना खान गए। कलेज खासै टाढा त थिएन तर जामले गर्दा कलेज पुर्याउन टाइम लाग्थ्यो।

कलेज पुगे । आज कति फास्ट पुगे। कहिल्यै लाइब्रेरी न छिरेको म लाइब्रेरी छिरे। त्यहाँ धेरै नै म जस्ता मुखहरु थिए। तर मैले चिनेका कोइ होइनन् फेरी। आज practicalमा के पढाइ हुन्छ भनेर बुझ्न खोजे। साइडबाट आवाज आउँछ “excuse me are you free right now?” यसो हेरे आजसम्म नदेखेको फेरी अर्को रूप देखे त्यहीमाथि केटी। प्राय केटिमान्छेसँग बोल्दिन,  बोल्न आए बोल्ने, सिकाई मागे सिकाई दिने मेरो रुटिन खत्तम। मैले yes plz, भने। उसले भनि “will you mind to solve this question, plz?” उसले plz भनेपछि  नाइ भन्ने कुरै भएन।  हेरे Volumetric Analysis पो question रहेछ। त्यो हेर्दा सजिलो देखिन्थ्यो तर उसले के बुझेन छ खै?  म उसलाई न हेरी खुरुखुरु गर्न लागे। सजिलै गरिदिए। र उसको हातमा थमाई दिए। उ बस् ट्वाल्ल परेर हेरी र भन्न लागि”will you explain plz?” होइन उ किन सय चोटि plz मा plz थप्दै थिइ। वास्तवमा मलाई plz  भन्दा दिलमा गहिरो चोट पर्थ्यो र आनाकानी गर्नै नै सक्थिन उसलाई त्योकुरा थाहा नभए  नि त्यसकुराको उ मजाले फाइदा लुट्दै थिइ। अब मलाई लाग्न थाल्यो उ त नेपाली नै होइन कि क्या हो। कि मेरो अघि नाटक दे को उसले।  जे होस् तर उसलाई सम्झाई दिए। सोधे बुझ्यौ या फरदर explanation गर्यौ र?

उसले “thank you so much. I got an idea. I mean I understand it. “उसले जोडी “do you know, you have explained far better than our teacher? I really appreciate.” म हासेँ उसको जबाफ सुनेर । उसले भनि “see you again la and now may I leave?”उ मसँग इजाजत मागिरहेकी थिइ मानौ उसलाई मैले थुनेर राखेको छु भनेर। मैले yes plz why not?”  भनि जबाफ दिए। उ जुरूक्क उठि यसरी कि मानौ उ मलाई उ तिर केन्द्रित गराउन खोजीरहेकी थिइ। यदि नभए नि त्यही भयो मैले उ हिँडेको पनि हेरे। उसको आकृतिलाई त नियालिन तर उसलाई पछाडिबाट झट्ट हेरे। कम्मरभन्दा तल पुगेका अमेरीकनका जस्ता खैरा कपाल जुन खुला होइनन् बाधिएका थिए। बायाँ हातमा गुलाबी रङको घडी अनि यसो विचार गरे अघि लगाइएको मास्क पनि गुलाबी थियो र बाधिएको कपालमा पनि गुलाबी रङकै रबर थियो। यस्तो लाग्यो उसलाई गुलाबी रङसँग एकदमै मोह छ। उ ओझेल भइसकेकी  थिइ तर नि म उसलाई सम्झि रहेको थिए।

क्लासमा जाने समय भयो , म कलातिर लागे। ल्याबको लागि पाचौँ फ्लोरमा पुग्नु थियो त्यसकारण छिटो जानु आवश्यक थियो।  क्लासमा पुगेर हातमा लिए केमिस्ट्रीको बुक र फाइल। प्राय ल्याबमा सबैभन्दा छिटो ल्याबमा जाने म नै हुन्थे। ल्याबमा पुगे। त्यहाँ म , ल्याब सर र म्याम हुनुहुन्थ्यो। सरले प्रश्न गर्नुभयो “के छ सम्भव , कस्तो चलिराछ त पढाइ।?” मैले नि ठिकै भनि जबाफ दिए। केहीछिनमा सबै साथीहरू त्यहाँ पुगे। त्यतिकैमा महेशले भन्यो ” होइन तिमीलाई केमिस्ट्री ल्याब सारै मन पर्छ हो, होइन भने किन सधै फास्ट के?” मैले हाँस्दै जबाफ दिए, त्यस्तै बुझ। त्यतिकैमा ढोकाबाट अवाज आयो, “मे आई  कम इन् म्याम?” यसो हेरे आवाज चिने जस्तो लाग्यो अनि यसो सम्झिए गुलाबी मास्क भनेपछि मिस इङ्ग्लिस पो रहिछे। तर किन ? उ त हाम्रो सेक्सनको नै थिइन। उसलाई म्याम ले प्रश्न गर्नुभयो “के भयो निभा आज यता किन?” उसले जबाफ दिइ “mam right now coordinator sir said that my section got changed that’s why I come here.” म्यामले ए ओके कम इन् भन्नुभयो।  उ बसी मेरै साइडमा होइन “उसले के चाहान्छे म बाट, मेरो पिक्षा नै छोड्दैने त। अझैँ उसलाई हाम्रै सेक्सनमा चाहि किन के? त्यो practical मा ध्यान नै गएन। फङ्सनल ग्रुप डिटेक्सन गर्ने थियो। मेरो ध्यान बस् उसमा थियो , उ पनि practical गर्न छोडेर बस् सबै सोलुसनलाई ध्यानसँग हेर्दै थिई। मानौ उसको मनमा ति सोलुसनलाई चाख्ने इच्छा छ। उसको नजिक गएर सोध्न मन थियो? तर साथीहरूका अघि मलाई केटीहरूसँग बोल्न मन पर्दैनथ्यो। होइन भने तिनीहरूसँग नाम जोड्दै हिड्थे।

केमिस्ट्री ल्याब सकियो हामी लाग्यौ आफ्नो कक्षाकोठातिर।बिचरा त्यो केटी देखेर दया लाग्न लाग्यो किनकी ” फस्ट बेन्चको अगाडीबाट उ टक्क खाली सिट खोजीरहेकी थिइ।” म फिजिस्क नोट झिक्न आटे त्यतिकैमा “उ कराई  who is the CR of the class?” उसको रूप हेरेर लाग्थ्यो उ रिसाएर भन्दै छे। हुन त केटीबाट नित्या थिई सिआर तर उसलाई कसैको मतलब हुँदैनथ्यो त्यसैले। म अघि सरे र उसको सामु उभिए । ” उसले भनि  you nice to meet you again, can you able to made seat for me plz?” उसको इनङ्लिस अनि त्यसैमाथि उसको प्लिज शब्दले मन नै पगाल्थ्यो। यसो हेरे लास्ट बेन्चमा खाली थियो सिट। तर उसलाई एक्लै लास्ट बेन्चमा राख्ने कुनै इच्छा नै जागेन। त्यसैले मैले साथीहरूलाई उठाएर लास्ट बेन्चमा पठाए र उसलाई सेकेण्ड लास्टमा एक्लै बसाए। उसले बुझी होला सायद नयाँ क्लासमा जसरी नि एडजस्ट गर्नुपर्छ भनेर। उ केही नबोली बसी। लाग्यो उ एकदमै शान्त स्वभाव कि छ। मैले सोधे” कम्फोर्टेबल त छौ नि उसले हम्मको भाब जनाई। फिजिस्क पढाउन Kk sir आउनुहुन्थयो। उहाँ सरको प्रेरडमा पेन ड्रप साइलेन्ट हुन्थ्यो क्लास। सरको ध्यान पनि उसै तिर केन्द्रित थियो। सरले त उसलाई चिन्नु हुदो रहेछ अनि भन्नुभयो “निभा तिमी नि यता ,ल ठिक छ नानु।”अझै राम्ररी पढ्नुपर्छ है। उसले फेरी हवस् को भाव जनाई। तर किन एक्लै बसेको उसलाई नराम्रो लाग्ला कोइ कम्प्यानि देउ उसलाई।  कोइ आएनन्। सरले सम्भव र रमन अगाडी आउ। हामी लाग्यौ उ भएकै बेन्चमा। उ कति शान्त देखिन्थी। सरको प्रेड सकियो नित्या आई र उससँगै बस्नेकुरा जनाई। हामी लाग्यौ फेरी लास्ट बेन्चमा। आज नित्याको व्यवहार देखेर अचम्म लाग्यो किनकी उ सधैँ आफ्नो दुनियामा नै मग्नमस्त हुन्थे। उ र नित्याको दोस्ती एकैदिनमा भयो। मैले जसको नाम मिस इङ्ग्लिस राखेको थिए उ नेपाली नि बोल्दी रहेछि। जसलाई मैले शान्त भने उ यति हल्ला गर्ने रहेछ कि मलाई त वाक्क लाग्न थाल्यो , बस उ त मौका हेर्ने रहिछे। तर उ जान्ने पनि खुब रहिछ। सबैकुरामा निपुण।

मेरो र  उसको घर जाने रुट एउटै रहेछ। म बसको पर्खाइमा थिए। उ मेरो नजिक आई र हाई भनि मैले हेलो भने। उसले भनि तिमी कति जान्ने के। म हासेँ तिमीभन्दा अलि कम। उ मस्की र बाधिएका केसलाई खोल्न लागि र भनि थिए कुनै बेला। आजकाल के भएको खै मलाई पहिला जति आउदैन हो मलाई। उसले कुरा जोडी कहाँ बस्छौ,  मैले हाँस्दै भने घरमा। उसले फेरी भनि मैले सोचे कतै फुटपाथबाट पो आउछौ कि? मैले सोधे ,किन? उसले भनि तिमी घरबाट आउछौँ त्यो त थाहा छ नि कुन ठाउँ बस्छौ सोधेको? मैले मजाक गरेको म लाजिम्पाट अनि तिमी? उसले भनि “आज भन्दिन कुनैदिन ल”। मलाई जान्नु नि थिएन जस्ट फर्मालिटीको लागि सोधेको थिए। यसरी उसको र मेरो दिनहु भेट हुन लाग्यो। उ क्लासमा नि बोल्थी तर मलाई कुनै रूची नै थिइन। अचम्म एउटै कुराको थियो उ प्राय म सँगै मात्र बोल्न खोज्थी। हुन त अरूसँग मजाक गरी रहन्थी। लाग्थ्यो कति छिटै सबैलाई आफ्नो बनाइ सकेकी थिई। उसको र नित्याको सङ्गत एकदमै  बढीसकेको थियो। तर मलाई भने सङ्का थियो किन नित्या निभाको यति नजिक। नित्या र म क्लासको सिआर भएका कारण धेरै यता उता जानु पर्थ्यो।  उ यति शुशील थिई कि उ कहिल्यै मसँग नि बोलेकी थिइन। मैले बोल्दा कहिलेकाही बोल्थी। लाग्थ्यो उसको सेतो फ्रेमको चस्मा भित्र ति सुन्दर नयनहरू भित्र उसले मलाई सजाएर राखेकी छ।त्यही भएर उ कहिल्यै मसँग आखाँ जुधाउदै न थि। मैले भने नित्या तिमी निभाको त्यति नजिक कसरी? उसले मुस्कुराउँदै भनि “यो नि सोध्ने कुरा हो र सम्भब खै किन हो किन । क्लासमा अरूभन्दा उसँग अलिबढी आफ्नोपन आउँछ। तर कता कता मलाई उसका कुरामा विश्वास नै लाग्दैनथ्यो। अझैँ सोच्थे के त्यति सोझी मान्छेले नि केही झुट बोल्छे होला र?

नित्या मलाई क्लासकै मन पर्ने केटी मध्ये एक हो। तर मलाई लाग्दैन त्यो प्रेम हो किनकी म सोच्थे यो उमेरमा कसैलाई प्रेम हुदैन त्यो केवल उस प्रति बढेको लगाव हो या सरल भाषामा त्यसैलाई आकर्षण पनि भनिन्छ। नित्या कलेज बस युजर थिई। त्यसकारण हामी त्यति नजिक नै थिएनौ। अनि म कुनै सोसल मेडियासँग जोडिएको थिएन बाहेक त्यो कलेजले बनाई दिएको मेल आइडी। जसलाई काम पर्थ्यो सबै मेल मै मेसेज गर्थे। हामी घर जादै हुन्छौ त्यतिकैमा निभाले प्रश्न गरी ” तिम्रो इन्स्टा आइडी plz?” मैले आज हिम्मत गरेर उसलाई प्रश्न गरे “निभा के हरेक प्रश्नका पछाडी प्लिज भन्न जरूरी छ?” उ हासीँ र भनि प्लिज शब्दसँग धेरै पुरानो नाता छ सम्भव। मलाई सुनेर अचम्म लाग्यो अनि प्रश्न गरे “बताउन मिल्छ?” मिल्छ तर अरूलाई नभन ल। तिमीलाई धेरै विश्वासका साथ भनेकी किनकी “I believe on you, Sambhav?” मैले उसलाई हुन्छको भाव जनाए उसले भनि ” मलाई please शब्द एकदमै मन पर्छ। ” उसले कुरा जोडी  र भन्न लागि थाहा छ तिमीलाई उसले आफ्नो दाया हातको चोर औँलाले औलाउदै देखाइ र व्यक्त गरी सायद उहाँ नआउनु भएको भए आज म तिनै बालकहरू जस्तो जीवन बिताइरहेकी हुन्थे। म एक अनाथ हु जो यिनै बालक जस्तै कुनैदिन मन्दिर अगाडी एकछाक खानाको आसमा बसिरहेकी थिए। मन्दिर साइडमा माग्दै गर्दा मैले ति सुन्दर महिला जुन गोरो वर्ण कि अनि रातो कुर्तामा हातमा पुजा गर्न ल्याइएका सम्रागी। उसले यति भन्दै गर्दा मलाई धेरै सुन्न मन नै भएन। उ आफूलाई अनाथ हुनुमा घृणा गर्ने रहिछ। तर उसले यो नि बताई कि सायद आज मलाई जन्मदिने आमाबुवा हुनुहुन्थ्यो भने पनि अहिलेको मामुबाभले जति खुशी दिन सक्नु हुन्थेन होला।They are the great भन्दै उ हाम्रो गाडी आयो भन्दै औँलाले देखाइ। उसको र मेरो रूट एउटै भएपनि उसको भन्दा अघि मैले उत्रनु पर्थ्यो। उसलाई हात हल्लाउदै राम्ररी जाउ भनि ओर्लिए। अब यो दैनिकी जस्तै भइसकेको थियो उ र म भेट्नु, बोल्नु र खाजा खानु। प्राय खाजा त उ नित्यासँगै नै खान्थी तर जिस्किन गइ हाल्नु पर्ने मलाई नि।

थाहा छैन उ अरूबेला भन्दा अहिले अलि खुसी हुन थालेकी थिई। पहिला भन्दा झन् मन लगाएर पढ्न थालेकी थिई। ल्याबमा सबैभन्दा अघि उ नै प्रय्क्टिकल भ्याउन थालेकी थिई। उ अब chemistry lab मा कुनै पनि केमिकललाई नजिकबाट नियाल्दैन थिई। उसमा धेरै कुराको परिवर्तन आइसकेको थियो।उ पहिलाभन्दा पनि अहिले खुब एक्टिभ हुन थालेकी थिई। मानौ त्यो अस्तिको कुराले उसको मन हलुङ्गो बनायो। र उ ति कुराबाट आजाद छे। हामी त्यो दिन titration को practical गरिरहेका थियौँ। strong acid र weak base जसमा methyl orange को प्रयोग गरेर त्यो Na2co3 को सोलुसनलाई गुलाबी रङमा निकाल्नुपर्ने थियो। मलाई त्यो दिन डर लागिरहेको थियो किनकी निभालाई गुलाबी रङ एकदमै मन पर्थ्यो।  उसले त्यो रङसँग जे नि गर्न सक्थी उसलाई त्यो रङसँग एकदम मोह थियो। तर त्यो दिनको practical मा त्यस्तो खत्रा नि केही थिएन। तर उसको के भरोषा उ केमिकल राखेका ठाउँमा नि जान समय लगाउदैन धिइ। आफ्नो practical मा भन्दा नि उसलाई धेरै ध्यान दिन थाले। titration गर्न अरू जति सजिलो थियो। हरेक point point मा एकदमै ध्यान दिनु पर्ने थियो तर मलाई भने निभाको एकदमै चिन्ता लागेर आयो। किनकी मेरा कानमा उसको एउटै वाक्य गुन्जिन्थयो “तिमीलाई थाहा छ मैले किन science ले क,किनकी मलाई केमिकलहरूसँग खेल्न एकदमै मन पर्छ। उसको भनाइको मैले के अर्थ लिनु। उसलाई प्रश्न गरे, केमिकलहरूसँग खेल्न मन पर्छ मतलब के? के केमिकल खेल्न कुरा हो र निभा? उसले आफ्नो ठूला ठूला आखाँले हेर्न लागि र भनि ” खेल्ने कुरा होइन तर म बनाउँछु त्यसलाई खेल्नेकुरा। तिमी हेर्दै जाउ। मैले उसलाई फेरी भने निभा “chemicals are dangerous to humans भन्ने थाहा हुदाहुदै पनि किन यो सब विचार राखेकी। तिम्रा यस्ता सोचले यो जीवन पनि समाप्त हुन सक्छ। जीवनमा को नै अमर छ। जीवन भए पछि समाप्त हुनु पनि नियतिको खेल हो। तिमीले यसो बुझ्दा हुन्छ के। मलाई मर्न सित कुनै डर नै छैन। या यसो बुझ मलाई भगवानलाई भेट्ने ठुलो रहर छ त्यसकारण केमिस्ट्री ल्याब सबैभन्दा सजिलो बाटो अपनाएको। मेरा हरेक सपना केवल केमेस्ट्ररी ल्याबले मात्र पुरा गर्न सक्छ। ” म आफैँ विचार गर्छु कि “उसका नि कस्ता डरलाग्दा रहर के।” के यति सुन्दर मान्छेले नि यस्ता डरलाग्दा रहर देख्ने रहेछ र?” कसरी यस्ता रहर लिएर आजसम्म बाचेकी होला बुझ्नै सकिएन। उ बुझ्न नसकिने एक रिडल जस्तै थिइ। मनमा एक मुखमा एक। देख्नमा एक अनि सोचमा एक। अब म उसलाई कसरी बुझौँ र उसलाई कसरी बुझाउ जीवनको अर्थ।

उसलाई के थाहा र उ भन्दा नि सुन्दर छ जीवन भनेर। ल्याब प्रेरेड सकियो मानौ सास बल्ल आफ्नो ठाउँमा आयो। हुन त titration मा त्यस्तो डर मान्नु पर्ने कुरा केही त थिएन तर उसको के भर। एक कुनामा dangerous र warning भन्दै राखिएका coc.H2so4, con.Hcl निर जान समय नै लाग्दैनथ्यो। कति कति खेर सोच्थे उसलाई जिउने रहर छैन अनि किन म जिउन बाध्य गराइरहेको छु। उसलाई मर्न डर छैन अनि किन म उसलाई मर्न दिइरहेको थिएन। उसलाई जतिखेर नि धेरै सम्झाउँथे तर उ केवल बुझे जस्तो गर्थी तर बुझ्ने प्रयास गर्दैनथी। म कसरी हरेक कुरामा उसको पछि पछि लाग्न सक्थे। मान्ने भए पनि त हो। थाहा थियो मलाई उसको जिद्दीपनले एकदिन उसले धेरै नै पछुताउन पर्ने छ। उसका ति नचाहिने हर्कतले उ त मुक्ति पाउने छे तर उसका आफन्तले एकदमै दुख पाउने छन् जुन कुरा निभाले अन्दाज पनि लगाउन सच्दैनथी। कहिलेकाही त सोच्थे “How much selfish is she ?” बस् आफ्नो मात्र खुशी खोज्ने तर चाहिने भन्दा पनि न चाहिने खुशी। थाहा थिएन उसलाई के कुराको कमि छ।

उसलाई जति सम्झाउदा पनि भएन। उ मैले सोचेभन्दा एकदमै फरक र भिन्न छे। हेर्दा हेर्दै पहिलो परीक्षा आयो। उ र म सँगै जान्थ्यौ एउटै क्लास थियो।उ मेरो लेफ्टको तेस्रो बेन्चमा परेकी थिइ। आफैँ गर्थी कहिलेकाही दुइ घण्टा बित्यो कि सोधिहाल्थी आफूलाई कन्फ्युजन लागेको। म नि यसो सरलाई छलेर उसलाई सिकाइ दिन्थे तर सधैँ चाहि होइन। परीक्षा सक्केर रिजल्ट आउने समय मइसकेको थियो। त्यही हो आफू त सधा झैँ टप टेनको लिस्टमा परे। तर उसको भने बाइलोजी र नेपालीको टपर लिस्टमा नाम थियो। उस सित भेट भएन म निस्किए। अर्को दिन सोधे उसले ए ल्याएको रहिछ। उसलाई रिजल्टमा चित्त बुझेको थिएन उसले व्यक्त गरी। थाहा थियो मलाई उ अब केमिस्ट्री ल्याबको पर्खाइमा छे भनेर। अब मैले उसलाई सम्झाउन र केयर गर्न छोड्ने विचार गरे किनकी जसलाई मेरा उपदेश र सल्लाहको कुनै अर्थ लाग्दैन उसको पछि लागेर मैले के पाउनु। सधा झैँ बिहीबार हुने गर्थ्यो ल्याब। बिहीबार आयो त्यो दिन हाम्रो NaoH र bench H2so4 को बिचमा थियो। पहिलो प्रेडमै ल्याब थियो लाग्यौँ हामी ल्याबतिर। उसलाई हेर्न त मन थिएन कता कता आजकाल उसको अनुहार देख्दा पनि रिस उठेर आउँथ्यो तर उसँग नबोली मनले मान्दैनथ्यो। प्रय्क्टिकल गर्दै गर्दा  बिचमा नित्या कराउछे निभा निभा। यसो फर्केर के हेरेको थिए उसले आफ्नो लगाएको ल्याबकोट र ति सुन्दर कपालहरू जलाई। मलाई थाहा थियो उसले जानि जानि गरेकी हो तर बिचरा टिचरलाई के थाहा  त्यो कुरा। सरले उसको त्यो बर्नर अफ गरिदिनुभयो। मलाई त उसलाई बेसरी पिट्न मन थियो तर के गर्नु बाध्यता थियो। उसको साइडमा उभिएकी नित्याको अनुहार हेर्दा डराए जस्तै देखिन्थ्यो तर उ भने केही भएको छैन भने झैँ हाँस्दै थिई मानौ उसले राम्रै काम गरेकी छ। मैले बुझिसकेको थिए उसको पारा।उ बिस्तारै बिस्तारै आफ्नो अस्तित्व मेटाउने प्रयास गर्दै थिइ। त्यो दिनको उसको त्योकुरा सबै क्लासमा भाइरल भइसकेछ। उसको र मेरो बोलचाल कम भइसकेको थियो।उसले नै बोल्न छोडेकी थिइ र मैले नि बोलाउन छोडी दिए। सोचे जति प्रयास गरे पनि एक हातले तालि नै बज्दैन। उसको पछि लागेर के गर्नु जसले कुरा नै सुन्दैन।

यसरी कयौँ ल्याब गए। एकदिन त उसले अति नै गरी। Danger भन्दै राखिएका ति conc.H2so4, conc.Hcl तिर गइ र त्यसलाई हातमा लिई र खुब नियाली। मानौ उ विचार गर्दै छे चाखौँ वा न चाखौँ। अरू सबै practical गर्नमा बिजी थिए तर म चाहि उसलाई हेरी रहेको थिए। उसले यता उता हेरी सायद आफ्नो चाहतमा यति अन्धि भइसकेकी थिइ कि उसले मलाई देखिन। उसले समाति र मुखमा लगाइ, पिइ मानौ उ पानी तिर्खाले छटपटी रहेकी थिइ। उसले पिउदा समेत मैले केही गर्न सकिन। तर एकछिनमा म कराए निभा। सबैको ध्यान म तिर केन्द्रित भयो। अब बल्ल निभा खोइ भनि सबै हेर्न आटे। म उसको नजिक गए। उ मेरै अगाडी ढलि। म केवल हेरीरहे। उसलाई नित्या र अरू दुइजना मिलेर बोकेर लगे। म त्यही ल्याबमा केवल एकटक उभिरहे। म खुब रोए। किन म केवल हेरीरहे उसले पिउन्जेल सम्म। किन रोकिन। म तल गए उसलाई कलेजको रेस्टरूममा लगिएको थियो। सायद एम्बुलेन्स पनि उसलबोलाइएको हुनुपर्छ तर उसलाई बचाउन सम्भव थिएन। उसका आखाँ खुला थिए मानौ ति आखाँले मलाई हेरेर भन्दै छना” I am sorry, Sambhav. सायद मैले तिमीले भनेको मानेको भए म आज यो संसार छोडेर जाने थिएन।” उसका परिवार पनि पुगिसकेका थिए। कति रुदै थिए उसका मामु बुवा।अनि नित्या पनि खुब रुदै थिइ। मलाई आफ्नो क्लासको मतलब नभई बसे त्यही एम्बुलेन्समा जहाँ निभा अब कहिल्यै नबिउझिने गरि सुतेकी थिइ।उसको घर पुग्यौ तर उसलाई भित्र होइन आगनीमा सुताइयो। उसको नजिक बसे तर उसलाई हेर्न सकिन। एकछिनमै उसलाई सेतो कात्रो ओढाइयो।मैले मनमनै सोचे जुन chemistry ले हामीलाई भेटाएको थियो त्यही chemistry ले हामीलाई छुटटाएको थियो। म यति सोच्न बाध्य भए कि “आफैलाई निभाको दोषी ठान्न पुगे।” यदि मैले उसलाई एकछिन रोकि दिएको भए उ अहिले यही संसारमा हुन्थी तर अवसोच म कहिलेसम्म उसलाई रोक्न सक्थे र?उसको चाहत त अति बढी सकेको थियो। उ त Con.H2so4 सित खेल खेल्दै थिइ। उसलाई लागेको थियो उ त साधारण पानीसँग खेल्दै थिइ। उसले एउटा चाहाना पुरा गर्न आफ्नो जीवन बबार्द गरी। थाहा थियो उसलाई राम्रैसँग chemistry lab कति खत्रा छ भनेर। त्यही खत्रासँग खेलेर आफूलाई हराई उसले। उ आफू त हारेर गइ दुनियाँलाई रूवाएर। हुन त उसले एउटा सन्देश छोडेर गइ तर त्यो सन्देश दिन उसले आफ्नो प्राण गुमाउन त जरूरी थिएन नि।

उ संसारबाट बिदा भइ। उ बिना सबै बाटो नै खल्लो खल्लो लाग्न थाल्यो। म प्राय chemistry lab को दिन कलेज आउनै छोडी दिए। मलाई लाग्थ्यो कि उसको आत्मा त्यही ल्याबमा छ अनि म उ बिना कसरी त्यो ल्याबमा प्रवेश गर्नु के। मलाई उ बिना क्लास त सुन्य सुन्य लाग्थयो। ठिक एक महिना पछि म chemistry ल्याब छिरे। यस्तो लाग्यो उ मलाई हेरी रहेकी छे र मेरै नजिक उभिएर  experiment हरू गर्दै छे। तर त्यो केवल मेरो भ्रम थियो। जब conc. H2SO4 लाई हेर्थे निभाको यादले सताउथ्यो। निभा भलै तिमी यो दुनियाँमा छैनौ तर यो मन, मस्तिष्क , यो CHEMISTRY LAB अनि मेरो घरको भित्तामा सधैँ जीवीत रहने छौ। निभा तिमीले आफ्नो सानो नचाहिदो इच्छाका कारण आफ्नो प्राण गुमायौ तर तिमी सधैँ CONC.H2SO4 जस्तो नबन ल जसलाई म छुन सक्दिन । तिमी हावा बनेर सधैँ मलाई छोइ राख ल।

CHEMISTRY LAB IS DANGEROUS ⛌

So be careful at the chemistry lab while using the apparatus…

Use all protective wear while entering the CHEMISTRY LAB….

By: Bhagarathi Kunwar (Science, F2)

One thought on “रसायनशास्त्र प्रयोगशालाको त्यो अँध्यारो पल”

  1. Your blog is a shining example of excellence in content creation. I’m continually impressed by the depth of your knowledge and the clarity of your writing. Thank you for all that you do.

Leave a Reply

Your email address will not be published. Required fields are marked *