पञ्चमणि : उपन्यास

“एक”

सत्यवती नामक एक राज्य छ । त्यहाँ राजा पद्मदेवको छोराको रुपमा राजकुमार विक्रमको जन्म भयो । सबै उत्सव मनाइरहेका छन् । राजाले राजकुमार जन्मिएको खुशीयालीको उपलक्ष्यमा सबैलाई उनको काम अनुसार उपहार दिइने घोषणा गर्छन् । ब्राह्मणलाई पुस्तक आदि, योद्धाहरुलाई हतियार आदि, किसानहरुलाई गाई, भैसी, भेडा, बाख्रा आदि दिइयो ।

यस्तै एउटा हरिबहादुर नामक किसान आफ्नो ३ वर्षको छोरा चन्द्रसँग दरवारमा गयो । उसले पनि गाईभैसी लिएर फर्कियो । उसको घर सत्यवती राज्यभित्र पर्ने एउटा तपोवन नामक ठूलो जंगलको वीचमा थियो । उ डिह्दाहिड्दा थाकिसकेको थियो त्यसैले उसले केही समयका लागि आराम गर्ने निर्णय ग¥यो अनि एउटा रुखको ओतमुनि सुत्यो ।

केही समयपछि जब उ बिउँझियो उसले हेर्दा उसको छोरा त्यहाँ थिएन । उसले आफ्नो छोरालाई खोज्दै जाँदा आफ्नो छोर र जंगलमा हराएको सानो बच्चा पनि भेट्यो त्यो बच्चालाई हरिबहादुरले आफ्नो छोराको रुपमा राख्यो । आफ्नो छोराको नाम चन्द्र भएकोले भेटिएको बच्चाको नाम सूर्य राखिदियो । उनीहरु दुईभाइ अब संगै बस्ने भए । दिन प्रतिदिन उनीहरु समय बितेसंगै उनीहरु ठूला हुँदैगए । यस्तै उनीहरु करीव दश बाह्र वर्षको हुँदा उनीहरुको आमाको पनि मृत्यु भयो ।

धेरै वर्ष बित्यो, चन्द्र चौविस वर्ष जतिको भैसकेको थि त्यसैले उसले गाईभैसी चराउन जाँदा नजिक नगई अलि टाढाटाढा जान थाल्यो । एकदिन सूर्य घरमा काम भएको हुनाले घरमै बस्यो भने चन्द्र एक्लै गाइभैसी चराउन गयो । ऊ टाढा पुगिसकेको थियो त्यसै समयमा ठूलो वर्षा भयो । उसको घर टाढा भएको कारण ऊ भिज्यो । केहीदिनपछि पानीले भिजेको कारण ऊ बिरामी भयो ।

दाइ बिरामी भएको हुँदा सूर्य एक्लै जंगलमा जानुपर्ने भयो ।चन्द्रले पानी बोकेर गाई भैसीको लागि खुवाउने गथ्यो तर ऊ बिरामी भएपछि उसको बुवाले सूर्यलाई नदीमा गाइभैसीलाई पानी खुवाउन लैजानु भनेको थियो । धेरैबेर गाई भैसी चराएप ऊ साँझपख घर फर्किनका लागि नदीको बाटो हुँदै आइरहेको थियो । ऊ पहिलो पटक त्यस नदीको छेउमा हिडेपनि उसलाई बुवाले बाटो सिकाइदिएको कारण त्यसबारेमा सबै थाहा थियो ।

केही समयपछि उसले नदीको वीच भागमा स्तम्भजस्तो चिज देख्यो जसको माथि एउटा ढुंगाजस्तो केही वस्तु चम्किरहेका थियो । त्यस स्तम्भको नाम देवस्तम्भ थियो, जसलाई देवराजले बनाएका थिए । चम्किने चिजलाई सूर्यले आफूसित लियो । उक्त बस्तु लिएर हिडिरहेको बेला उसलाई यो चिजको मलाई के काम भन्ने बिचार उत्पन्न भयो र त्यसलाई त्यसै जंगलमा जथाभावी फालिदियो ।

केही समयपछि उसले एउटा आवाज सुन्यो र पछि फर्केर हेर्दा एउटा ठूलो पखेटा भएको उड्ने घोडा देख्यो । त्यो घो नाम पवन थियो । पवन मानिससंग बोल्नपनि सक्थ्यो । ऊ मात्र होइन उसको सन्तानपनि मानिससंग बोल्न सक्थे । पवनले त्यस चम्किने चिजलाई आफ्नो मुखमा च्यापी त्यहाँबाट उडेर गयो । सूर्यले यस्तो जनावर कहिल्यै देखेको थिएन आफूले त्यस चम्कि

चिजलाई फालेको र त्यस आश्चर्यजनक जनावरले उठाएर लगेको देख्दा पक्कैपनि केही महत्वपूर्ण चिज हुनुपर्छ भनी उड्ने घोडाल पछ्याउदै पछिपछि गयो ।

पवन उडेर एउटा गुफाभित्र गयो । त्यसपछि सूर्यले पनि उसलाई पछ्याउँदै त्यस गुफाको बाहिरबाट हेर्न थाल्यो । पवन भित्र गएपछि उसको छोरा वरुणले त्यस चम्किने चिजलाई यो ढुंगा केहो भनी सोध्यो । त्यसपछि पवनले यो ढुंगा होइन शक्तिम हो, मेरो वुवाले यस मणिलाई मेरो जिम्मा दिएर यसलाई कहिल्यै नछुनु र यदि कसैले यसलाई बाहिर कतै लग्यो भने यसलाई लिएर फेरि देवस्तम्भमा राख्नु भन्नुभएको थियो भन्यो । आज कसले यो निकालेर फालेको रहेछ । आज अँध्यारो भएको हुनाले भोलि त्यहीं लगेर राख्नुपर्ला उसले फेरि भन्यो ।

यति भनेपछि वरुणले यसको के काम हुन्छ र भनेर सोध्दा पवनले शक्तिमणिको शक्तिको बारेमा बतायो । अब सूर्यको मनमा यो शक्तिमणि खोस्ने बिचार आयो र त्यो खोस्ने तयारीका लागि ऊ घरमा गयो । तर उसको लोभको कारणले उसले पूरै कुरा सुन्न पाएन । ऊ गइसकेपछि वरुणले पवनसंग यो कसरी बनेको थियो भनी सोध्यो । त्यसपछि पवनले शक्तिमणि र निलमणि बनेको कुराबारे पहिले भएका सबै घटनाहरु बतायो तर यी कुराहरु सूर्यले सुन्न पाएन । उसले सुन्न नपाउनु नै पछि उसको मृत्युको कारण बन्नपुग्यो ।

उपन्यासको पूर्णपाठको लागि यहाँ क्लिक गर्नुहोस् ।

लेखक: अर्चितबाबु मर्सिफुल

Leave a Reply

Your email address will not be published. Required fields are marked *