News Updates

  • रजिष्ट्रेशन आवेदन फारम बुझाउने म्याद थप सम्बन्धि सूचना
  • Notice Regarding Fine & Penalty

Notices

परीक्षाको तयारी कसरी गर्ने ?

Posted on: 25 Jun 2017

विद्यार्थीले अध्ययनको समयतालिका बनाएर तयारी गर्नुपर्छ । त्यसबाहेक आत्मविश्वास बढाउने, चिन्ता नलिने तथा परीक्षाको रुटिनअनुसार विषयगत तयारी तथा अभ्यासलाई प्राथमिकता दिनुपर्छ । त्यसरी परीक्षाको तयारी गर्दा सफलता पाउन सकिन्छ ।

तयारी विधि
परीक्षा नजिकिँदै जाँदा विद्यार्थीहरू कसरी पुर्नपठन गर्ने भन्ने सन्दर्भमा अन्योलमा हुन्छन, तर यो छोटो समयमा पनि सामान्य अध्ययनविधि अपनाउँदा प्रसस्त फाइदा लिन सकिन्छ । आफूलाई गाह्रो लाग्ने विषयलाई प्राथमिकता दिएर अध्ययन गर्नुपर्छ । सबै विषयलाई आवश्यकताअनुसार कम–बढी समय छुट्याएर नियमित अध्ययन गर्नुपर्छ । अध्ययन गरेको विषय स्मरण गर्न बेग्लै समय छुट्याउनुपर्छ, जसका लागि सरसर्ती पुस्तक एवं नोट हेर्नुपर्छ । योजनाबद्ध र नियमित अध्ययन गर्ने विद्यार्थीले परीक्षाको समयमा पाठ घोक्ने होइन, आफूले अध्ययन गरेको विषय एवं पाठका सम्बन्धमा चिन्तन गर्नुपर्छ । आफूले अध्ययन गर्ने विषयवस्तु प्रती उक्तरदायी हुन पनि आवश्यकता रहन्छ ।

आत्मविश्वास
परीक्षाकोठा चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा आत्मविश्वास हो । जस्तोसुकै कठिन प्रश्न सोधिए पनि, अप्ठ्यारो अवस्था आए पनि त्यसलाई समाधान गर्छु भन्ने आत्मविश्वास परीक्षार्थीमा हुनुपर्छ । कतिपय विद्यार्थीमा आफूलाई आएको उत्तर पनि लेख्न नसक्ने र अरूको उत्तरपुस्तिका हेर्ने बानी हुन्छ, त्यसले थप अन्यौल सिर्जना गर्छ । यस्तो बानी त्याग्नुपर्छ । हलमा पुगेपछि कुनै–कुनै विद्यार्थी आफूले जानेको कुरा पनि बिर्सन्छन्, डरले काम्ने, चिढ्चिढाउने प्रवृत्ति हुन्छ । यस्तो समस्या आत्मविश्वासको कमीले हुन्छ ।
चिन्ता नलिने
जब परीक्षा आउँछ, विद्यार्थीलाई चिन्ताले सताउन थाल्छ । राम्रा विद्यार्थी कम नम्बर आउने हो कि भनेर चिन्ता गर्छन् भने मध्यम खालका विद्यार्थी उत्तीर्ण हुन नसकिएला कि भन्ने चिन्तामा हुन्छन् । आफूलाई कमजोर मान्ने विद्यार्थी कसरी परीक्षामा सामेल हुने विषयमै चिन्तित हुन्छन्, तर यसरी परीक्षाको घडीमा चिन्ता लिँदा सिकेको र जानेको कुरा पनि लेख्न नसकिने हुन्छ । तसर्थ सिकेको र जानेको कुरालाई नयाँ ढंगले प्रस्तुत गर्ने सोच बनाउनुपर्छ । त्यसले चिन्तालाई केही हदसम्म कम गर्छ । तनाव कम गर्दै कसरी परीक्षामा राम्रो अंक ल्याउने भन्नेतर्फ आफूलाई केन्द्रित गर्नुपर्छ । सकारात्मक सोच एवं परिश्रमको फल मीठो हुन्छ भन्ने भावना मनमा जगाउनुपर्छ ।
लगनशीलता

लगनशीलताबिना कुनै पनि क्षेत्रमा सफल हुन सकिँदैन । त्यसैले परीक्षार्थीले विषयवस्तुमा ध्यान दिनैपर्छ र ती विषयवस्तुलाई कसरी नयाँपनका साथ प्रस्तुत गर्ने भन्ने चिन्तन गर्नुपर्छ । कुनै विद्यार्थी लगनशील छ भने उसले नतिजामा पछुताउनु पर्दैन । जान्नका लागि सधैं उत्सुक हुने, आफूलाई मन लागेको बेला पढ्ने र अल्छी लागे पनि त्यही विषयसँग सम्बन्धित अनौपचारिक क्रियाकलापहरू गर्दा स्थिति सहज हुन्छ । नयाँ कुरा सिक्न र जान्न खोज्ने बानीको विकासले लगनशील हुन प्रेरित गर्छ । सिक्दै जाँदा नजानेको र अप्ठ्यारो विषय आए शिक्षक वा आफूभन्दा जान्ने साथीसँग सोधीखोजी गर्नुपर्छ ।

अभ्यास
लगनशीलताले मानिसलाई नयाँ–नयाँ कुरा खोज्न प्रेरित गरेझै अभ्यासले त्यो कुरालाई पूर्ण बनाउन मद्दत गर्छ । विशेष गरी गणित, विज्ञानजस्ता प्रयोगात्मक विषय बारम्बार अभ्यासले परीक्षामा सहज बनाउँछ । परीक्षा नजिकिँदै जाँदा पाठ्यपुस्तकभन्दा पनि विगतका परीक्षामा सोधिएका प्रश्नपत्रहरूको संकलन गरी अभ्यास गर्नु फलदायी हुन्छ । आफूले अध्ययन गरिसकेपछि ती विषयको अभ्यासलाई पटक–पटक दोर्होयाउनु लाभदायक हुन्छ । यी सम्पूर्ण कुराहरुमा ध्यान दिएमा मात्रै परीक्षामा सफल हुन सकिन्छ ।

Reference Link

 

IRC | LMS

Latest Post

परीक्षाको तयारी कसरी गर्ने ?

विद्यार्थीले अध्ययनको समयतालिका बनाएर तयारी गर्नुपर्छ । त्यसबाहेक आत्मविश्वास बढाउने, चिन्ता ...

Read more
My Review of Bounce by Matthew Syed

The tagline for the book ‘Bounce’ by Matthew Syed is ‘How champions are made’, which sets the tone for a book dedicated to searching through academic literature, and engaging with top professionals, in an attempt to determine the causes of elite p ...

Read more
The History of Algebra

The dissertation will discuss about history of algebra, which is one of most important branch of arithmetic, the founder of algebra, meanings of algebra and its benefit in our daily life, how we can learn and teach in the best way? What is Algebra? ...

Read more
NEB subject codes Grade 11 12

National Examination Board (NEB) has offered numbers of subjects in Grade 11 and Grade 12. ...

Read more
रजिष्ट्रेशन आवेदन फारम बुझाउने म्याद थप सम्बन्धि सूचना

रजिष्ट्रेशन आवेदन फारम बुझाउने म्याद थप सम्बन्धि सूचना ...

Read more

ECA / CCA Moments

Like us @Facebook

Twit us @ Twitter