News Updates

  • Classes of Management and Science are stopped from tomorrow, 17 Chaitra 2073 (30 March 2017). The college remains open for clearance of assignments and distribution of admit cards from 10.00 am till 04.00 pm.
  • Result of the Third Term Exam 2073 for Grade XII in MIS and Mobile Apps (Android user only). Click Here to download the apps from Google Play Store.

Notices

‘शैक्षिक क्षेत्र सुधारका लागि निजी क्षेत्रलाई अधिकार दिनुपर्छ’

Posted on: 14 Jun 2017

नगरकोट, जेठ ३१

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले शैक्षिक क्षेत्रको सुधार र गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम, राष्ट्रिय परीक्षा र अनुगमन बाहेकका विषयमा सरकारले निजी क्षेत्रलाई अधिकार दिनुपर्ने बताएका छन्।

रफत सञ्चार क्लबमा मङ्गलबार आयोजित ‘शैक्षिक सवाल’ विषयक साक्षात्कार कार्यक्रममा अध्यक्ष सम्बाहाम्फेले सरकारले शैक्षिक क्षेत्रको विकास र सुधारमा उपेक्षा गरेको आरोप लगाए । सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले शिक्षाको सुधार तथा विकासबाटै जनतामा परिवर्तन र समृद्ध समाजको निर्माण हुने धारणा राखे।

सरकारले शिक्षा ऐन संशोधनका बारेमा शिक्षाविद् र सम्बन्धित सरोकारवालासँग छलफल नगरी आफ्नो मनोमानीरुपमा संशोधन प्रस्ताव अघि बढाएको गुनासो गर्दै यसरी गरिएको संशोधन आफूहरुलाई स्वीकार्य नभएको उनले बताए।

उनले निजी विद्यालयको शुल्क निर्धारणका विषयमा सरकारले अनुगमन गर्नुपर्ने बताउँदै विद्यालयले दिने सेवासुविधाका आधारमा शुल्क निर्धारण हुने हुँदा सबै विद्यालयको शुल्क एउटै हुननसक्ने बताए। रासस

 

IRC | e-Library

Latest Post

परीक्षाको तयारी कसरी गर्ने ?

विद्यार्थीले अध्ययनको समयतालिका बनाएर तयारी गर्नुपर्छ । त्यसबाहेक आत्मविश्वास बढाउने, चिन्ता ...

Read more
My Review of Bounce by Matthew Syed

The tagline for the book ‘Bounce’ by Matthew Syed is ‘How champions are made’, which sets the tone for a book dedicated to searching through academic literature, and engaging with top professionals, in an attempt to determine the causes of elite p ...

Read more
The History of Algebra

The dissertation will discuss about history of algebra, which is one of most important branch of arithmetic, the founder of algebra, meanings of algebra and its benefit in our daily life, how we can learn and teach in the best way? What is Algebra? ...

Read more
NEB subject codes Grade 11 12

National Examination Board (NEB) has offered numbers of subjects in Grade 11 and Grade 12. ...

Read more
‘शैक्षिक क्षेत्र सुधारका लागि निजी क्षेत्रलाई अधिकार दिनुपर्छ’

​निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले ...

Read more

ECA / CCA Moments

Like us @Facebook

Twit us @ Twitter